टी ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा पाकिस्तान संग बंगलादेश ४ विकेटले पराजित — OSNepal

टी ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा पाकिस्तान संग बंगलादेश ४ विकेटले पराजित

LC (KTM) November 19, 2021 0

पहिलो टी ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा घरेलु टिम बंगलादेशलाई पाकिस्तानले हराएको छ । बंगलादेशको राजधानी ढाकामा आज सम्पन्न भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ४ विकेटले पराजित गरेको हो । आजको यो जितसँगै तीन खेलको सिरिजमा पाकिस्तानले एक शुन्यको अग्रता कायम राखेको छ ।

बंगलादेशले पाकिस्तान समक्ष १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिंगमा उत्रिएको पाकिस्तानले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानको जितमा फखर जमान र खुस्दिल साहले समान ३४ ३४ रनको योगदान दिएका थिए । शादब खानले अविजित २१ तथा मोहमद नवाजले अविजित १८ रन बनाए । बंगलादेशका तास्किन अहमेदले २ विकेट लिदा मेहदी हसन,मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले एक एक विकेट लिएका थिए ।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार पारेको थियो ।बंगलादेशका अफिफ होसेनले ३६ रन बनाए । मेहदी हसनले अविजित ३० रन जोड्दा नुरुल हसनले २८ रन बनाएका थिए ।पाकिस्तानका हसन अलिले ३ विकेट लिदा मोहमद वासिमको नाममा २ विकेट रहयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर