ट्याक्टर अनियन्त्रित भएर दुर्घटना : सह चालकको मृत्यु — OSNepal

ट्याक्टर अनियन्त्रित भएर दुर्घटना : सह चालकको मृत्यु

LC (KTM) November 13, 2021 0

धनकुटा, २७ कातिक – धनकुटाको पाख्रिबासमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

धनकुटाको पाख्रिबास बजारबाट पाख्रिबास नगरपालिका ८ सुनबालुवा तर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर पाख्रिबास नगरपालिका ८ लुम्पुवामा शनिबार दिउँसो दुर्घटना भएको हो । पाख्रिबास मुगा सडकखण्डमा पर्ने लुम्पुवामा भएको दुर्घटनामा परि ट्याक्टर सहचालक पाख्रिबास नगरपालिका ७ का २४ वर्षीय टेकबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तामाङको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । ट्याक्टरको इन्जिनको भाग सडकको बीचमा पल्टिएर दुर्घटना भएको हो । ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान रहेको धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए ।

ट्याक्टरको सहचालकको मृत्यु भएको भनिएपछि पनि चालक नदेखिएकाले कसले ट्याक्टर चलाएको थियो भनेर अनुसन्धान हुने प्रहरीले जनाएको छ । घटनास्थलमा सुरक्षा प्रहरीको टोली पुगे पनि अनुसन्धान प्रहरीको टोली जाँदै गरेको एसपी पोख्रेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर