ट्याक्सी व्यवसायीसंग व्यक्तिगत फाइदा लिएर मुख्यमन्त्रीले जनताको अधिकार खोस्ने ! — OSNepal

ट्याक्सी व्यवसायीसंग व्यक्तिगत फाइदा लिएर मुख्यमन्त्रीले जनताको अधिकार खोस्ने !

LC (KTM) November 14, 2021 0

अनुसा थापा

बागमती प्रदेशका मुख्यमन्त्री फेरिएका केही दिन पुरा हुन नपाउदै ट्याक्सी व्यवसायीले आफ्नो लबिड. सुरु गरिसकेका छन् । यातायात व्यवसायी र ट्याक्सी व्यवसायीहरुले एक सातादेखि बागमती अञ्चल, हेटौडास्थित रहेको यातायात मन्त्रालयमा आफ्नो डेरा जमाएका छन् ।

अहिले ट्याक्सी व्यवसायीहरुले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई नयाँ ट्याक्सीको दर्ता नखोल्ने र बीस वर्षे पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेटमा सट्टाभराना गर्नको लागि पगाल्न खोज्दै छ । स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न पाउनुपर्छ भनि ट्याक्सी व्यवसायी प्रदेश सरकार धाइरहेको छन् ।

ट्याक्सी व्यवसायीको रणनितिः ट्याक्सीको संख्या बढ्न नदिने, एकाधिकार जमाउने र जनता ठग्ने । २०४८ सालमा अटोशोरुमसंग दुई लाखमा गाडी किनेर कालो प्लेटमा दर्ता गरेका ट्याक्सीले आफैले चलाएर र भाडामा लगाएर करौडौ कमाइसक्यो ।
२०४८ सालपछि जनसंख्या ह्वात्तै बढेको छ । तर, ट्याक्सीको संख्या ज्युको त्यु छ । एउटै ट्याक्सीले तीस वर्ष व्यवसायी गरिसकेका छन् । अझै पनि बीस वर्ष पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर व्यवसायी गर्न खोज्दै छ ।
एकै जनाले पचास वर्षसम्म व्यवसायी गर्न खोजिरहेको छन् । यता, नयाँ ट्याक्सीको दर्ता खोल्न दिने उता, पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ ट्याक्सी किनेर दर्ता गर्ने । जनतालाई पनि सस्तोमा सेवासुविधा नदिने, बाटो कब्जा गर्ने, सरकारलाई पनि नयाँ ट्याक्सी खोलेर राजस्व लिन नदिने ।

यस रणनितिमा ट्याक्सी व्यवसायी र यातायात महासंघका नेताहरु बागमती प्रदेशको मुख्यमन्त्री पनि सामेल गराउन कदम चाल्दैछन् । ट्याक्सी व्यवसायीहरु नयाँ दर्ता खोल्न नदिन मरिहत्ते गरिरहेको छन् । हामी तपाईकै पार्टीको कार्यकर्ता हौ ।
तपाईको पार्टीलाई के सहयोग गर्नपर्नेछ हामी गछौ । तर, नयाँ ट्याक्सीको दर्ता खोल्न भएन भनेर मुख्यमन्त्रीलाई प्रलोभनमा पार्ने कोसिसमा लागिपरेका छन् । ट्याक्सी चालक मजदुर संगठन र मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेत यसका लागि जोडदारका साथ लागिरहेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका नेता भरत नेपाल हेटौडामा बसेर मुख्यमन्त्रीलाई भेटेर नयाँ ट्याक्सी नखोल्ने सर्तमा काठ्माडौं फर्किएका छन् । काठ्माडौं आएर नेपाल र बस्नेतले हामीले मुख्यमन्त्रीलाई भेट्यौ । मुख्यमन्त्रीले दश वर्ष नयाँ ट्याक्स्ीको दर्ता खोल्दिन भनेर हामीलाई वचन दिएको छन् भनि ट्याक्सी व्यवसायीलाई आश्वासन दिदै हिडेका छन् ।
मजदुर संगठनका नेताहरुले पनि यसमा सहमति जनाएका छन् । बीस वर्षे पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट अब बाह्र लाखसम्म ब्रिकी हुने निश्चित देखिएको छ । बीस वर्षे पुराना ट्याक्सीको नम्बर प्लेटमा नयाँ ट्याक्सी किनेर दर्ता गर्न दिदँ यसको मुल्य स्वाट्टै उकालो लाग्छ ।

कसैले ट्याक्सी किनेर व्यवसायी गर्ने सोच बनाउछ भने उसले पहिले नै लाखौ ठिक पार्नुपर्नेछ । पहिले नम्बर प्लेट बाह्र लाखमा खरिद गर्नपप्यो । नयाँ ट्याक्सीको भने छुट्टै खरिद गर्नुपर्नेछ । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दियो भने जनताले सित्तैमा नम्बर प्लेट पाउछन् । नम्बर प्लेट सित्तैमा पाउनेबित्तिकै ट्याक्सी चढ्ने यात्रुलाई भाडा सस्तो पर्छ । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दियो भने अटोशोरुमसंग बीस लाखमा ट्याक्सी किनेर व्यवसायी गर्ने सकिन्छ । सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्दा ट्याक्सी किनेर व्यवसायी गर्छु भन्ने सर्वसाधारणले मँहगोमा पर्छन् ।
किन कि बीस वर्षे पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेटलाई बाह्र लाख तिर्नपर्छ । ट्याक्सी व्यवसायीलेसो बाह्र लाख जोडेर भाडा लिएका छन् । नयाँ ट्याक्सी खोल्दा २० लाख पर्ने गाडीको बजार भाउ ३२ लाख छ । कारण के स्क्रयाब गरेको नम्बर प्लेटको बेचबिखन ।

ट्याक्सी व्यवसायीहरुले आफुले ट्याक्सी किनेर भाउलाई आधार मानेर सरकारलाई भाडा निर्धारण गर्न लगाएका छन् । सरकारले सिण्डिकेट हटाउन नसक्दा र नयाँ ट्याक्सीको दर्ता नखोल्दा, सट्टाभरानामा नयाँ ट्याक्सी दर्ता गर्न दिदाँ जनतामा मारमा परेको छन् ।
ट्याक्सीको बेथितिको जरा नै यही हो । सरकारले ट्याक्सीमा भएका बेतिथि हटाउने हो भने नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्न तर्फ लाग्नुपर्छ । बीस वर्षे पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट खारेज गरिदिनुपर्छ । ट्याक्सी चालकहरुले एकदिनमा पाँच हजारसम्म कमाउछन् ।

ट्याक्सी चालकले साहुलाई दिनरात गरेर, पेट्रोल हालेर एक हजार नौ सय रुपिँया बुझाउछन् । ट्याक्सी साहुले चालकबाट मासिक ५७ हजार पाउछन् । महिनाको ५७ हजारको दरले साहुले एउटा ट्याक्सीबाट सात लाख कमाउछन् । आफै चलाउनेले मासिक डेढ लाखसम्मको आम्दानी गर्दछ ।

ट्याक्सीमा लगानी गरेको पैसा पाँच वर्षभित्रमा उठ्छ । त्यो गाडी बीस वर्ष चल्छ । अनि त्यही पुराना नम्बर प्लेटमा अर्को ट्याक्सी किनेर दर्ता गर्छ । एकै जनाले चालिस वर्ष व्यवसायी गर्छन् । चालिस वर्षसम्म ट्याक्सीको संख्या बढ्दैन् । जनसंख्या कहाँ पुगिसक्छ ।
ट्याक्सी चढ्नेबित्तिकै फोगट्टे १४ रुपिँया तिर्नपर्छ । प्रतिकिमि ३९ रुपिँया छ । १४ को दरले दिनमा करोडौ रुपिँयाको जनताबाट ठगिरहेका छन् । ट्याक्सी चालकले साहुलाई बुझाउने रकम पनि जनता ठगेरै आएको हो । यता, जनतबाट बढी भाडा असुलेर दैनिक पाँच हजारसम्मको आम्दानी गरेका छन् ।

राति ९ बजेदेखि बिहान ६ बजेसम्म डेढी हिर्काउछ । १४ र ३९ को डेढी हान्छ यो हटाउनपप्यो । ट्याक्सी व्यवसायीको जनता ठग्ने र राज्य ठग्ने कारण यही नै हो । एउटा ट्याक्सी साहुले मिटर ट्याक्सी सेवा प्रालिलाई मासिक पाँच सय रुपिँया लेबी बुझाएका छन् ।
उपत्यकामा हाल नौ हजार ट्याक्सी गुडिरहेका छन् । ती ट्याक्सीबाट मासिक पाँच सय उठाउदा ४ लाख ५० हजार लेबी उठ्छ । लेबी कै आडमा ट्याक्सी व्यवसायी अहिलेसम्म जोगिएका छन् । मिटरमा नहिड्ने, बढी भाडा लिने ट्याक्सी चालकलाई मिटर ट्याक्सी सेवा प्रालिले संरक्षण गरेको छ ।

ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागलाई कारबाही गर्न दिदैन् । प्रालिले राजनतिक दल र विभागका कर्मचारीहरुलाई आर्थिक सहयोग गरेको हुनाले पनि यिनीहरु कारबाहीबाट जोगिएका छन् । नयाँ ट्याक्सीको दर्ता खोल्न नदिन र जनता ठगेपनि कारबाहीमा नपरियोस् भनेर पाँच सय बुझाएको प्रस्ट देखिन्छ ।नयाँ ट्याक्सीको दर्ता खोलिदिने हो भने अहिले भएको ट्याक्सीको आम्दानी र खरिदबिक्रीको मुल्य ओरालो लाग्छ । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दा अहिले भएको ट्याक्सीको बिक्री गर्दा पाँच लाखको दरले मुल्य घट्छ । दिनमा चार हजार कमाउने ट्याक्सीले दुई हजार मात्र कमाउछ ।

ट्याक्सी साहुहरु नयाँ ट्याक्सीको दर्ता दश वर्षसम्म रोक्नको लागि मासिक पाँच हजार बुझाउन पनि तयार छन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्छ कि भन्ने डर ट्याक्सी साहुमा छ । बरु महिनादिनसम्म ट्याक्सी सडकमा ल्याउन तेस्याउन यिनीहरु राजी हुन्छन् ।ट्याक्सी व्यवसायीहरुसंग बागमती अञ्चलका मुख्यमन्त्री पाण्डेले कति पैसा खाए होलान् ? यो आफैले मुल्यांकन गर्दा ठिक होला । विगत तिस वर्षदेखि ट्याक्सीका सिण्डिकेट छ । अहिले भएका ट्याक्सकिो भाडा घटाएर प्रत्येक किमि २५ र शुन्यबाट सञ्चालन गर्छु भन्नेले पनि नपाउने ।

नयाँ ट्याक्सीको दर्ता खोल्न माग गर्दा पनि चासो नदिएको यातायात कार्यालय, एकान्तकुनाले जनायो । नयाँ ट्याक्सीको आवश्यकता छ भनेर आवाज उठाँउदा पनि बागमती प्रदेश सरकार मौन बसेको छ । ट्याक्सी व्यवसायीसंग पैसा खाएर बागमती प्रदेश कार्यालय चुप लागेको हो । जनसंख्या बढेको र ट्याक्सीको संख्या घटेका यातायात कार्यालय, बागमतीले २०६९ सालमा पाँच हजार ट्याक्सीको माग गरेको थियो । वर्षैपिच्छे खोल्ने भनेको थियो ।नयाँ ट्याक्सीको जनताको माग र आवश्यकता हो । भएका जति ट्याक्सीको व्यवहार र सेवासुविधाको स्तर देखेपछि ट्याक्सीको माग गर्नु स्वाभाविक नै हो । यातायात व्यवस्था विभागले पनि नयाँ ट्याक्सीको दर्ता खोल्न टिप्पणी उठाएर तीन महिना पहिले नै पठाएको जानकारी दिएको छ ।

अहिले भएका ट्याक्सीबाट जनता कायल छन् । पैसा तिरेर राम्रो ट्याक्सी जनताले चढ्न पाएका छैनन् । सबै थोत्रा, पुराना र कबाडी छन् । आफ्नो व्यक्तिगत फाइदा हेरेर मुख्यमन्त्रीले जनताको अधिकार खोस्न पाउदैन् । एयरपोर्टमा भएका हरियो प्लेटको ट्याक्सीको दर्ता बन्द छ । सबै प्रदेशमा ट्याक्सीको दर्ता बन्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर