ठग सुकेशचन्द्र संग नाम जोडिए पछि यी साउथ अभिनेताले ज्याकलिन फर्नान्डिसलाई फिल्म ‘द घोस्ट’बाट निकाले — OSNepal

ठग सुकेशचन्द्र संग नाम जोडिए पछि यी साउथ अभिनेताले ज्याकलिन फर्नान्डिसलाई फिल्म ‘द घोस्ट’बाट निकाले

LC (KTM) January 15, 2022 0

दुई सय करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा आरोपित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र कन्म्यान सुकेश चन्द्रशेखरबीचको सम्बन्ध अहिले चर्चामा छ । केही दिनअघि सुकेशसँगको उनको लभबाइटको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । दिनहुँ नयाँ खुलासा भइरहेका छन् ।

यी सबै घटनाले ज्याकलिनको खुसी खोसिएको छ र अहिले यी विवादमा परेका कारण उनको हातबाट धेरै मेगाबजेट फिल्म र प्रोजेक्ट पनि बाहिर गइरहेको खबर बाहिर आएको छ ।साउथ सुपरस्टार नागार्जुनले उनलाई आफ्नो आगामी फिल्म ‘द घोस्ट’ बाट बाहिरिने बाटो देखाएका छन् । बलिउडमा धुम मच्चाएपछि ज्याकलिन फर्नान्डिजले साउथ फिल्ममा हात हाल्ने निर्णय गरिन् । तर उनको सपना अधुरै रहने देखिन्छ ।

अङ्ग्रेजी वेबसाइट पिंकभिल्लाका अनुसार ज्याकलिन फर्नान्डिस अब नागार्जुन स्टारर फिल्म ‘द घोस्ट’को हिस्सा रहेकी छैनन् । यसको वास्तविक कारण भने खुलेको छैन तर जबरजस्ती रकम असुलीको मुद्दामा फसेपछि निर्माताले उनको नाम हटाउने निर्णय गरेको बताइएको छ । यो अहिले नै पुष्टि गर्न सकिँदैन, तर आगामी दिनहरूमा, यो जानकारी चाँडै उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर