बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजका लागि पछिल्ला केही वर्षहरू कठिन रहे । सुकेश चन्द्रशेखर केसमा नाम आएपछि ज्याकलिनले धेरै समस्या झेल्नु परेको छ । हालै अभिनेत्रीको सुकेशसँगको व्यक्तिगत तस्विर सार्वजनिक भएको छ । जसमा ज्याकलिनले प्रतिक्रिया दिएकी छिन् । यसबाट अभिनेत्री निकै दुःखी देखिन्छिन् ।
ज्याकलिन फर्नान्डिजले विज्ञप्ति जारी गर्दै भनेकी छिन्– ‘यो देश र यहाँका जनताले मलाई सधैं धेरै माया दिएको छ । यसमा मिडियाका मेरा साथीहरू समावेश छन् जसबाट मैले धेरै कुरा सिकेको छु। म अहिले निकै खराब समयबाट गुज्रिरहेको छु । मेरो आफ्नै मिडियाका साथीहरूलाई मेरो गोपनीयताको ख्याल राख्नुहुन अनुरोध गर्दछु र मेरो व्यक्तिगत तस्बिरहरू त्यस्ता सामाजिक सञ्जालहरूमा प्रसारित नगर्नुहोस्।
तपाईं आफ्नो नजिक र प्रियजनहरूलाई यो गर्न सक्नुहुन्न। मलाई आशा छ कि तपाईले मलाई पनि त्यस्तो गर्नुहुने छैन। मलाई आशा छ कि न्याय जित हुनेछ। धन्यवाद। २०२१ साल ज्याकलिन फर्नान्डेजका लागि निकै खराब रह्यो । अभिनेत्रीको नाम ठग सुकेश चन्द्रशेखरसँग जोडिएको थियो । त्यसयता उनलाई यस मामिलामा ईडीले पटक पटक सोधपुछका लागि बोलाएको छ।
तर सुकेश चन्द्रशेखरसँग ज्याकलिनका केही तस्बिर बाहिर आएपछि ज्याकलिनको समस्या बढ्यो । ईडीको सोधपुछका क्रममा ज्याकलिन फर्नान्डिसले पनि धेरै कुराको खुलासा गरिन् ।ईडीले ज्याकलिन विरुद्ध लुकआउट नोटिस पनि जारी गरेको थियो, जसलाई ध्यानमा राख्दै उनलाई देश छोड्न अनुमति छैन।
ज्याकलिनले ईडीलाई भारतबाट बाहिर जान अनुमति दिन अनुरोध गरेकी थिइन् तर ईडीले त्यसलाई ठाडै अस्वीकार गरेको थियो। जसमा ज्याकलिनका अलावा अभिनेत्री नोरा फतेहीको नाम पनि आएको छ । ईडीका अनुसार सुकेशले ज्याकलिन र नोरालाई धेरै उपहार दिएका थिए नोरालाई ईडीले पनि सोधपुछ गरेको छ। यस बाहेक यस सूचीमा थप बलिउड अभिनेत्रीहरू पनि रहेका छन्, ।