डिभोर्सपछि खुशी हुँदै लद्दाखमा आमिर खान र किरण एकसाथ नाँचेको भिडियो भाइरल — OSNepal

डिभोर्सपछि खुशी हुँदै लद्दाखमा आमिर खान र किरण एकसाथ नाँचेको भिडियो भाइरल

LC (KTM) July 15, 2021 0

मुम्बईं -बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को सुटिङमा व्यस्त छन् । पत्नी किरण रावसँगको १५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याए पनि किरण र आमिर लद्दाखमा सँगै देखिएका तस्विर सामाजिक संजालमा भाइरल बनेका छन् ।

यही क्रममा आमिर पूर्व पत्नी किरणसँग नाचिरहेको भिडियो र तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ तस्विरमा यि दुई डिर्भोस पछि पनि एक साथ खुसी देखिएका छन् । भिडियो र तस्वीरमा आमिर र किरणले परम्परागत पहिरन लगाएको देख्न सकिन्छ । यो पहिरनसँग उनीहरुले स्थानीयसँग लोक नृत्य गरेका छन्।

वाखा गाउँका स्थानीय आमिर र उनको टिमका लागि पाटी दिएका थिए । गाउँलेहरु ‘थ्री इडियट’स्टारलाई आफ्नो गाउँमा देख्दा खुशी छन् । केही दिन पहिले फिल्म ‘लाल सिंह चड्ढा’ को शुटिङमा रहेका बेला उनी र उनको टिमले उक्त क्षेत्रमा निकै फोहोर गरेको आरोप स्थानीयले लगाएका थिए । जसको भिडियो समेत सार्वजनिक भएको छ । फिल्म ‘लाल सिंह चड्डा’मा आमिरसँग करीना कपूर खान प्रमुख भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर