डुंगा पल्टिँदा विद्यालयका बालबालिकासहित ६ जनाको मृत्यु ,११ जना घाइते — OSNepal

डुंगा पल्टिँदा विद्यालयका बालबालिकासहित ६ जनाको मृत्यु ,११ जना घाइते

LC (KTM) November 23, 2021 0

कोलम्बो, मङ्सिर ७ -पूर्वी श्रीलंकामा मङ्गलबार बिहान डुंगा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको डुंगामा धेरै विद्यालयका बालबालिका सवार थिए । नौसेना र गोताखोरहरू तत्काल खोजी र उद्धार कार्यमा संलग्न भएका थिए।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार त्यस क्षेत्रमा ठूलो भीड जम्मा भएको थियो र केही स्थानीय स्वयंसेवकहरूले पनि बेपत्ता व्यक्तिहरूको खोजीमा नौसेनालाई सहयोग गरिरहेका थिए। बेपत्ताको सूचीमा केही विद्यालयका बालबालिका पनि छन् । घाइते ११ जनालाई नजिकैको राज्य अस्पतालमा भर्ना गरिएको छ। अत्यधिक यात्रु चापका कारण डुंगा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेर थप अनुसन्धान गरेको छ ।(रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर