डुडुवाका चौधरी र कालिकोटका महतराबीच मितेरी सम्बन्ध — OSNepal

डुडुवाका चौधरी र कालिकोटका महतराबीच मितेरी सम्बन्ध

LC (KTM) December 29, 2021 0

नेपालगञ्ज, १४ पुस-मधेसी र पहाडीको द्वैयस रहेकै बेलामा बाँकेको डुडुवा नरेन्द्रकुमार चौधरी र कालिकोटका प्रेमबहादुर महतराले विधि पूर्वक मितेरी सम्बन्ध गाँसेका छन् । पछिल्लो समय मितेरी सम्बन्ध गाँस्ने चल हराउँदै गएको अवस्थामा बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष समेत रहेका चौधरी र कालिकोटका व्यवसायी महतराबीच माया प्रेम र स्नेह जोडिएपछि आफूहरूले मितेरी सम्बन्ध गाँसेको जनाएका छन् ।

मितेरी सम्बन्ध कायम भएपछि उनीहरू सबैभन्दा नजिकका परिवारका सदस्यहरू जस्तै पर्ने दुवै परिवारमा दुख, कष्ट र खुसीमा सहभागी हुने प्रचलन रहेको छ ।बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष चौधरी र व्यवसायी कालिकोट निवासी महतराले स्थानीय बागेश्वरी मन्दिरमा विधिपूर्वक विशेष पूजाआजा गरी मित लगाएका हुन् । नेपालगञ्ज बागेश्वरी मन्दिरमा उनी दुवै जनाले बुधबार पूजापाठ गरी मित लगाएर आत्मीय साथी बनेको प्रतिक्रिया दिए ।

शुभकालिका–८ कालिकोटका ५६ वर्षीय महतराले भने, ‘म चौधरीजी लाई करिब १५ वर्षदेखि चिन्छु, धेरै पटक भेटघाट भएको छ, म एउटा राम्रो साथीको खोजीमा रहेको थिए । तर, चौधरीबाट म प्रभावित भएर मितेरी सम्बन्धको नाता जोडेको छु ।’ उनले साथीको नाता निस्स्वार्थ भावनाबाट उत्प्रेरित भएर नाता गाँसेको प्रतिक्रिया दिए ।

यता चौधरीले आफूलाई पहिलो पटक साथीको प्रस्ताव आएपछि मेलै सहज रूपमा स्वीकार गरेको बताए । मितेरी साइनोमा जोडिएका दुवै जनाले मितेरीको नाता जीवन्त बनाउने प्रतिबद्धता गरेका छन् ।

मितेरी नाता गास्नेहरूमा कोही आफ्नै गाउँ घर छिमेक समुदायमानसँगै बस्ने पढ्नेदेखिको नजिकको साथी कोही भनेपछि युवा अवस्थामा बनाउने वा मितेरी नाता भनेको सबै कुरामा साथ दिने र पारिवारिक सदस्य जस्तै मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर