डोटीमा २० वर्षीया सम्झनाको सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरियो — OSNepal

डोटीमा २० वर्षीया सम्झनाको सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरियो

LC (KTM) December 04, 2021 0

यहाँस्थित जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि पूर्वीचौकी गाउँपालिका–५ का २० वर्षीया सम्झना विकको हवाई उद्धार गरिएको छ ।

सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनीलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिनुभयो ।

विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो पटक सुत्केरीको हवाइ उद्धार गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर