डोल्पाको पाँच स्थानीय तहका ४० वडामा कांग्रेस वडा अधिवेशन सम्पन्न — OSNepal

डोल्पाको पाँच स्थानीय तहका ४० वडामा कांग्रेस वडा अधिवेशन सम्पन्न

LC (KTM) November 14, 2021 0

डोल्पा– कांग्रेस डोल्पाले जिल्लाका पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका ४० वडामा अधिवेशन सम्पन्न गरेको हो । क्रियाशील सदस्य विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशनमा सम्पूर्ण वडामा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जनाएको छ ।

उपल्लो डोल्पाका शे–फोक्सुण्डो र डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा भने अझै अधिवेशन भएको छैन ।

पार्टीको संगठन भए पनि समय अभाव, भौगोलिक कठिनाइ र जनशक्ति परिचालनमा समस्या हुँदा उपल्लो डोल्पामा वडा अधिवेशन गर्न नसकेएको सभापति अंगतकुमार बुढाले बताए । जगदुल्ला गाउँपालिकाका १ र ३ वडामा अधिवेशन भइसकेको र बाँकीमा पनि गर्ने तयारी भइरहेको बुढाको भनाइ छ ।

वडा अधिवेशनमा अल्पसङ्ख्यक, अपाङ्ग र दलित महिला प्रतिनिधिहरू पाउनै मुश्किल भएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर