‘ड्रागन वल्र्ड’ लिएर आउँदै र्यापर साकार — OSNepal

‘ड्रागन वल्र्ड’ लिएर आउँदै र्यापर साकार

LC (KTM) November 30, 2021 0

काठमाडौं । ‘लिटिल बुद्ध’का रुपमा परिचित ¥यापर साकार दुई वर्षपछि ‘ड्रागन वल्र्ड’ नामक एल्बम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउने भएका छन् । उनले एलबम आउनु भन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’मा रहेर तीन गीत सार्वजनिक गरेका छन् ।

उनले वल्र्ड टुरको पनि घोषणा गरेका छन् । उनको यो टुरमा ¥यापर, गायकगायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता हुनेछ । उनले आगामी डिसेम्बर ४ मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट गर्दैछन् ।

साकारले तीन वर्षपछि पहिलोपटक कन्सर्ट गर्न लागेका हुन् । ‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं । अर्बौ डलरको हलिउड, बलिउड, के–पप, जापानीज मनोरञ्जन उद्योग, युरोपिन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भनेका छन् । साकारको टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर