तपने खोला बस दुर्घटनामा मृत्यु भएका परिवारलाई नगद रकम — OSNepal

तपने खोला बस दुर्घटनामा मृत्यु भएका परिवारलाई नगद रकम

LC (KTM) November 23, 2021 0

मुगु, ७ मंसिर-छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिना गाउँको तपने खोलामा बस दुर्घटनामा परि मृत्यु भएका परिवारलाई नगद राहत प्रदान गरिएको छ ।

गएको असोज २६ गते नेपालगञ्जबाट मुगु आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु भएका ३३ जना र घाइते भएका १२ जनाको परिवारलाई चिराए अस्पताल काठमाडौंका पूर्वअध्यक्ष साङगे गुरुङ र भारतका धर्मगुरु मुरारी बायुले नगद राहत प्रदान गरेका हुन् ।

मंगलबार एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, रेडक्रस मुगुका मन्त्री रत्नसिंह मल्ल र नेपाली कांग्रेसका सभापति ऐनबहादुर शाहीको सहजिकरणमा मृतक परिवारलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी मुगुका मन्त्री रत्नसिंह मल्लले बताए । उनका अनुसार घाइते र मृतक परिवारका ४५ जनालाई प्रति व्यक्ति सात हजारका दरले राहत वितरण प्रदान गरिएको हो ।

रकम सानो भए पनि मृतक तथा घाइते परिवारलाई घाउमा मलम लगाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । यसका साथै मृतक परिवारलाई कर्णाली प्रदेश सरकारले प्रति व्यक्ति एक लाख रकम प्रदान गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर