तराईमा हुस्सु, दिउँसाे यी प्रदेशमा वर्षाकाे सम्भावना — OSNepal

तराईमा हुस्सु, दिउँसाे यी प्रदेशमा वर्षाकाे सम्भावना

LC (KTM) January 14, 2022 0

काठमाडौं, ३० पुस – हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसाे प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर