तितेकरेली जस्तो तर मिठो दुनियाकै शक्तिबर्द्धक तरकारीबारे जान्नुहोस्, जसले सेवनले कैयौँ रोगहरु चट हुन्छन् — OSNepal

तितेकरेली जस्तो तर मिठो दुनियाकै शक्तिबर्द्धक तरकारीबारे जान्नुहोस्, जसले सेवनले कैयौँ रोगहरु चट हुन्छन्

LC (KTM) October 23, 2021 0

काडमाडौँ – तपाईलाई झुसे करेला अर्थात चट्टेल नामको तरकारीका बारेमा कति जानकारी छ रु बजारमा बिरलै मात्रामा पाइने यो तरकारीको सेवन पनि कमै मात्रामा हुन्छ । वर्षातको समय सुरु भइसकेको छ । र यो तरकारी पनि यही समयमा नै फल्ने गर्छ । जुन तरकारीलाई सँसारकै शक्तिबर्द्धक तरकारी मानिन्छ । करेला प्रजातिको यो तरकारी तितो नहुने र विभिन्न समस्याको औषधीको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।

यसको लगातार सेवन गर्दा हाम्रो शरिरमा तागत आउने चिकित्सकको भनाई छ । जसमा प्रशस्त मात्रामा क्यालोरी नहुने बताइन्छ । जसले तौल घटाउन सहयोग गर्छ । यो तरकारीमा भएको फाइटोकेमिकल्सले रगत गर्न मद्दत गर्छ । यो तरकारीको नियमित सेवनले आँखाको रोग, हृदय रोग साथै क्यान्सर पनि रोकथाम गर्ने चिकित्सकहरु बताउँछन् । यसको तरकारी खाँदा खाना सजिलै पच्छ र शरीरको मेटाबोलिजम तीब्र हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर