तिन वर्ष सरकारमा रहँदा एमालेले देश लुटेको पैसाले चितवनको नारायणीमा भोज गर्दैछः रन्जित तामाङ — OSNepal

तिन वर्ष सरकारमा रहँदा एमालेले देश लुटेको पैसाले चितवनको नारायणीमा भोज गर्दैछः रन्जित तामाङ

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रन्जित तामाङले नेकपा एमालेले सरकारमा रहँदा देश लुटेको पैसाले चितवनमा भोज गरिरहेको आरोप लगाएका छन् ।

बिहीबार माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहिबार सम्बोधन गर्दै तामाङले साँढे तिन बर्ष जनताको मतको अपमान गर्दै एमाले सरकारको भ्रस्टाचार छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।

‘केपी ओली सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रस्टाचार गरेको छ र त्यहि देश लुटेको पैसाले नारायणी किनारमा पिकनिकु आयोजना गरेर धुलो उडाइरहेको छ । हामी ओली सरकारका पालामा भएको अभुतपुर्व भ्रस्टचारमाथी छानबिनको माग गर्दछौं ’ तामाङले भने ।

सरकारमा रहँदा अधिकांश समय आलोचनामा खर्चेका अध्यक्ष केपी ओलीले संघियता र गणतन्त्र बिरुद्ध चलखेलको असफल प्रयास गरिरहेको आरोप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर