तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक — OSNepal

तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक

LC (KTM) November 19, 2021 0

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ ।विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो ।

विभागले मारूती र युनाइटेड सिमेन्टको ओपीसी सिमेन्ट र जगदम्बाको पीपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको जानकारी दिएको छ ।विभागले प्रेस विज्ञप्ति जारी गर्दै सिरहास्थित मारूती सिमेन्टको ओपीसी ४३ ग्रेडको (नेपाल गुणस्तर ५७२)को संकलित नमूनाको बलियोपना तोकिएको गुणस्तरअनुसार नभएको भन्दै विक्रीमा रोक लगाएको हो ।

ओपीसी ४३ ग्रेडको उत्पादित सिमेन्टको बलियोपन ७ र २८ दिनको मान न्यूनतम ३३ र ४३ हुनुपर्नेमा मारूती सिमेन्टको यस्तो मान ३१ र ३७ रहेको भेटिएको छ ।विभागले गरेको बजार अनुगमनका क्रममा सिमेन्टको गुणस्तरअनुसार उत्पादन नभएको भन्दै उक्त उद्योगको ४३ ग्रेडको ओपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ ।

विभागले बजारमा गएको उक्त उत्पादन फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।यसैगरी धादिङस्थित युनाइटेडको ५३ ग्रेडको ओपीसी सिमेन्टमा पनि हुनुपर्ने मान नभएको भेटिएको छ । सिमेन्टको संकलित नमूनाको बलियोपन ७ र २८ दिनको मान क्रमशः ३५ र ३९ भेटिएको छ । यसको मान भने न्यूनतम ३७ र ५३ हुनुपर्छ ।विभागले सो उद्योगलाई पनि १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ, भने बजारमा गएका ती उत्पादन फिर्ता लिन पनि भनेकोे छ । यो समाचारआर्थिक अभियान दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर