तेस्रो बिहे गर्दै आमिर खान,केहि समय अगाडि गरेका थिए किरणसँग सम्बन्ध विच्छेद — OSNepal

तेस्रो बिहे गर्दै आमिर खान,केहि समय अगाडि गरेका थिए किरणसँग सम्बन्ध विच्छेद

LC (KTM) November 23, 2021 0

एजेन्सी – बलिउड अभिनेता आमिर खान तेस्रोपटक बिहे गर्ने योजनामा रहेको खबरले सामाजिक सञ्जाल गर्माएको छ । भारतीय सञ्चारमाध्यममा छाइरहेको खबरअनुसार उनी आफ्ना कुनै को–स्टारसँग वैवाहिक बन्धनमा बाधिन लागेका हुन् ।आफ्नी दोश्री श्रीमती किरण रावसँग सम्बन्ध विच्छेद गरेपछि उनले फेरी बिहे गर्न लागेको बताइएको छ ।

सन् २०२२ अप्रिलमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजपछि आमिर खानले विवाहको घोषणा गर्ने दाबी गरिएको छ ।आमिर खान र किरण रावबीच अचानक सम्बन्ध विच्छेद भएपछि सामाजिक सञ्जालमा अभिनेत्री फातिमा सना सेखलाई ट्रोल गरिएको थियो ।

किरण रावभन्दा अघि आमिर खानको पहिलो बिहे सन् १९८७ मा रीना दत्तसँग भएको थियो, तर यो वैवाहिक सम्बन्ध सन् २००२ मा टुटेको थियो। किरण रावसँग भने सम्बन्ध विच्छेद पछि पनि एक साथ फिल्ममा खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर