तेह्रथुम स्थित कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा — OSNepal

तेह्रथुम स्थित कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । तेह्रथुम स्थित कारागार कार्यालयका नाइके र कैदी बन्दबीच गएराति झगडा भएको छ ।

दुई पक्षबिच झगडा भएपनि सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीले झगडा नगर्न आग्रह समेत गरेको बताइएको छ ।

झगडा भएको थाहापाएपछि कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर झगडाको कारणबारे छलफल गरिरहेको बताइएको छ ।

दुई पक्षबिच छलफल भएपछि मात्र झगडाको कारण थाहा पाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर