काठमाडौं १४ मंसिर । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकै दिन बालाको स्वरुप लिएर ल्याएको सुन बरामत भएको छ ।
सोमबार खाडी मुलुकबाट आउनेहरु मध्ये ४ सय १५ जनाको साथबाट २१ किलो बाला आकारको सुन बरामत भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दिएको जानकारी १ सय ९५ जनाले राजस्व तिरेर सुन लागेका छन् । बाँकीलाई काँचो सुन भएकाले महसुल तिराएर मात्र सुन फिर्ता दिने जनाएको छ ।
सुनको तार काटेर गोलो बनाएर काँचो सुन ल्याउन नपाइने बताएको भन्सार कार्यालयले नेपाली रुवरुपमा बनाएको गहना ल्याउन भने रोक लगाएको छैन ।