थप २११ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३२९ जना भए संक्रमणमुक्त — OSNepal

थप २११ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३२९ जना भए संक्रमणमुक्त

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हाल सम्म कोरोना संक्रमण हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३२९ जना संक्रमणमुक्त भएका छन् । साथै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर