थप २५५ जनामा कोरोना संक्रमण , २५६ जना निको, ३३ जना संक्रमित भने भेन्टिलेटरमा — OSNepal

थप २५५ जनामा कोरोना संक्रमण , २५६ जना निको, ३३ जना संक्रमित भने भेन्टिलेटरमा

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ लाख १६ हजार ८६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा २५६ जना संक्रमित निको भएका छन् ।
साथै २ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।

कोरोनाका बिरामीमध्ये ११६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर