थप २५९ जनामा कोरोना संक्रमण पुष्टि ,२६४ जना निको — OSNepal

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि ,२६४ जना निको

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १६ हजार६०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तैगरी, पछिल्लो २४ घण्टामा २६४ जना निको भएका छन् । साथै १ जना संक्रमितको भने ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । कोरोनाका बिरामीमध्ये १५९ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर