थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि , २९८ जना निको , ३ जना संक्रमितको मृत्यु — OSNepal

थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि , २९८ जना निको , ३ जना संक्रमितको मृत्यु

LC (KTM) November 26, 2021 0

काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपाल हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार ३४९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामापीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २९८ जना निको भएका छन् । साथै ३ जना संक्रमितको भने उपचारको क्रममा ज्यान गएको छ । योसँगै नेपाल कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।

कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर