थप ३०८ जनामा संक्रमण पुष्टि , २९८ जना निको , ३ जनाको मृत्यु — OSNepal

थप ३०८ जनामा संक्रमण पुष्टि , २९८ जना निको , ३ जनाको मृत्यु

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हाल सम्म कोरोना संक्रमितको सख्या ९ लाख १५ हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ,पछिल्लो २४ घण्टामा २९८ जना निको भई घर फर्किएका छन् । साथै ३ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ । संक्रमित मध्ये ९७ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा उपचार गराई रहेका छन् ।

संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडौंमा ७८, ललितपुरमा ७८, मोरङमा १९, चितवनमा १७, भक्तपुरमा १६, झापामा ११ र रुपन्देहीमा १० जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर