थप ७ सय ८ जनामा कोरोना संक्रमित पुष्टि हुँदा, ९ सय ३२ जना संक्रमणमुक्त, ११ जनाको मृत्यु — OSNepal

थप ७ सय ८ जनामा कोरोना संक्रमित पुष्टि हुँदा, ९ सय ३२ जना संक्रमणमुक्त, ११ जनाको मृत्यु

LC (KTM) October 22, 2021 0

काठमाडौँ ५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९ सय ३२ जना संक्रमण मुक्त भएका छन् भने ११ जनाको ज्यान गएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर १० हजार ९४६ संक्रिया संक्रमित रहेका छन् । जसमा १० हजार ११६ जना होम आइसोलेसनमा रहेका छन् । ८३० जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २७९ जना आईसीयू र ९१ जना भेन्टिलेटरमा छन् ।

संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडौंमा १७१, झापामा ५९, रुपन्देहीमा ४१, मोरङमा ३४, ललितपुरमा ३३, कास्कीमा २३, चितवनमा २२, भक्तपुरमा १८, नुवाकोटमा १३ तथा मकवानपुर र कैलालीमा १०-१० जनामा कोरोना संक्रमितको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर