थापाको ठोकुवा देउवाले अहिलेको राजनीतिक संकटको समाधान गर्न सक्दैनन् — OSNepal

थापाको ठोकुवा देउवाले अहिलेको राजनीतिक संकटको समाधान गर्न सक्दैनन्

LC (KTM) August 10, 2021 0

काठमाडौं २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले आफुलाई नेकपाका अध्यक्ष केपी ओलीसँग काम गर्न सजिलो हुने खुलासा गरेका छन् ।

हिजो राति एक कार्यक्रममा सहभागी भएका थापाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको राजनीतिक संकटको समाधान गर्न नसक्ने ठोकुवा गर्दै यस्तो खुलासा गरेका हुन् ।

ओलीको बोली बोलेका थापाले पनि अहिलेको यो सरकार अपवित्र गठवन्धन भएको भन्दै देशलाई निकासा दिन नसक्ने बताएका हुन् ।

‘यो गठबन्धन निर्माण गर्नको लागि दुई वटा प्रमुख पार्टीहरुलाई फुटाईएको छ । सांसद तानातान र किनबेच भएको छ । यस्तो अपवित्र गठबन्धनले देशमा शान्ति, समृद्धि र स्थायित्व दिन सक्दैन् । यो सरकारले समयमै चुनाव सम्पन्न गर्न सक्यो भने यो नै ठूलो कुरा हुन्छ ।’ कार्यक्रममा थापाले भने ।

थापाले कांग्रेससँग सहकार्य गर्दा आफुले चुनाव हारेको र एमालेसँग सहकार्य गर्दा चुनाव जितेको समेत कार्यक्रममा बताएका छन् । अपवित्र गठवन्धनबाट बनेको यो सरकार चुनावसम्म जान्छ कि जादैन भन्ने विषयमा समेत शंका लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर