थालासेमिया पिडित बिरामीको उपचारका लागि उत्रिए स्टेजमा यी सुन्दरीहरु — OSNepal

थालासेमिया पिडित बिरामीको उपचारका लागि उत्रिए स्टेजमा यी सुन्दरीहरु

LC (KTM) December 26, 2021 0

मोरङको विराटनगरमा आयोजित ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको छ । थालासेमिया पिडित बिरामीको उपचारका लागि उक्त च्यारिटी शो सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका सम्पर्कमा आएका १०५ जना थालासेमिया पिडित बिरामीहरु उपचारमा सहयोग पुर्याउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

च्यारिटी शो बाट उठेको रकमबाट सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको आयोजक संस्थाका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् । आवर प्रोडक्सन कम्पनीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बिरामीको उपचारका सहयोग संकलनका साथै ढाकाबाट बनेका तयारी पोेशाक र ‘फेशन वेयर’ को प्रर्वद्धन समेत गरिएको थियो ।

मिस युनिभर्स २०१९ की रनरअप रहेकी रक्षा उप्रेती, मिस्टर इन्टरनेशनल नेपाल साजिद आलम, चर्चित मोडेल प्रमिता राना र विनोद खड्का लगायतले उक्त पोशाक पहिरिएर प्रर्दशन गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले थलासेमिया पिडित बिरामीको उपचारमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।

उनीहरुलाई उपचारको दायरामा ल्याउन प्रदेश सरकार पछि नहट्ने मुख्यमन्त्री राईले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मेलोडियस क्विनकोे उपनामले चर्चित गायिका तृष्णा गुरुङको साङ्गितिक प्रस्तुती समेत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर