दक्षिण कोरियाले भन्यो : एक व्यक्ति सीमा पार गरेर उत्तर कोरिया गए — OSNepal

दक्षिण कोरियाले भन्यो : एक व्यक्ति सीमा पार गरेर उत्तर कोरिया गए

LC (KTM) January 02, 2022 0

काठमाडौं, १८ पुस – कडा सुरक्षा भएको सीमालाई पार गर्दै एक व्यक्ति उत्तर कोरियातर्फ गएका छन् । दक्षिण कोरियाका अनुसार ति व्यक्तिलाई रोक्न निकै प्रयास गरिएको भए पनि सफलता मिल्न सकेन ।

अधिकारीहरुका अनुसार यो घटना शनिबार रातिको हो । उक्त व्यक्ति तारको घेरा पार गरेर तीन घण्टा त्यहाँ बसे र फेरि उत्तर कोरियाली हिस्सातर्फ अघि बढेको अधिकारीहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

त्यसबारे जानकारी हुनासाथ उनलाई पक्राउ गर्न सैनिक पठाइएको थियो । सीमा पार गर्ने व्यक्ति दक्षिण कोरियाका हुन् या उत्तरबाट आएका थिए र घर फर्किएका हुन् भन्ने एकिन हुन नसकेको जनाइएको छ । उत्तर कोरियाका कतिपय मानिसले भाग्ने प्रयास गर्ने गरेका समाचारहरु सार्वजनिक हुने गरेको छ ।

मलेसिया बाढी : हजारौं मानिसले छाडे घर : मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् । सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएको छ । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ।

आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको छ ।

बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालिन सेवासमेत ठप्प रहेको छ । तस्बिर : रोयटर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर