दर्शकले औधी रुचाएको चलचित्र ‘पुष्पा’बाट यो दृश्य हटाइएपछि तनाबमा अल्लू अर्जुन — OSNepal

दर्शकले औधी रुचाएको चलचित्र ‘पुष्पा’बाट यो दृश्य हटाइएपछि तनाबमा अल्लू अर्जुन

LC (KTM) December 27, 2021 0

काठमाडौं, १२ पुस-दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्सअफिसमा जबरदस्त कमाई गरिरहेको छ ।निर्देशक सुकुमारको निर्देशनमा बनेको यो फिल्म दक्षिण भारतका मात्र नभई हिन्दी भाषाका दर्शकले पनि उत्तिकै मनपराइरहेका छन् ।

फिल्ममा अल्लूको अभिनयलाई सबैले तारिफ गरेका छन् । हालैमात्र निर्देशक सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यका बारेमा मिडियासँग कुराकानी गरेका थिए ।सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यमा अल्लु र फहाद फासिललाई देखाउन चाहन्थे । तर दर्शकको भावनालाई ध्यानमा राख्दै उनले क्लाइमेक्स दृश्यमा ट्वीस्ट ल्याइदिए । जबकी यसको वास्तविक सट फरक थियो ।

‘अल्लू र फहाद क्लाइमेक्स दृश्यका लागि न्यूड हुन्छन् । तर हामीले यो कारणले दृश्य हटायौं कि तेलुगू दर्शकका लागि न्युड दृश्य केही बढी नै हुन्छ । यसको बद्लावको बाबजुद फिल्ममा कैयौं यस्ता दृश्य छन् जुन दृश्य दर्शकलाई वास्तविक लाग्छ’, उनले भनेका छन् ।सुकुमारले रश्मिका र अल्लूलाई लिएर अर्को एक दृश्य खिचेका थिए । जसमा दर्शकको निकै खराब प्रतिक्रिया आयो । फिल्म रिलिज भएपछि यो दृश्यलाई हटाउन निकै माग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर