दाइजोमा मोटरसाइकल र नगद पैसा नदिएको भन्दै आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका २५ वर्षीय लुकमान पक्राउ — OSNepal

दाइजोमा मोटरसाइकल र नगद पैसा नदिएको भन्दै आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका २५ वर्षीय लुकमान पक्राउ

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ रहेका छन् ।

उनले दाइजोमा मोटरसाइकल र नगद पैसा नदिएको भन्दै २२ वर्षीया श्रीमती रोशन खातुनको विष खुवाएर हत्या गरेका थिए । श्रीमान सहित परिवारका सबैले मिलेर २०७६ फागुन २ गते खातुनलाई विष खुवाएर हत्या गरेका हुन् विष सेवन पछि गम्भिर अवस्थामा फेला परेकी खातुनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको उनको परिवारले जनाएको छ ।

पिडितले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेका थिए । सोही आधारमा उच्च अदालतले २०७७ साल मंसिर २९ गते लुकमानलाई पक्राउ गर्न आदेश दिएको थियो ।

ससुराली पक्षले दाईजोको निहुँमा पटक पटक धम्की दिँदै आएको पिडित परिवारले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर