दाङको लमहीमा बस दुर्घटना १९ जना घाइते, सात जनाको अवस्था गम्भिर — OSNepal

दाङको लमहीमा बस दुर्घटना १९ जना घाइते, सात जनाको अवस्था गम्भिर

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौँतर्फ आइरहेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको जिल्लाको लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दर्घटना भएकोम हो ।

वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारी अनुसार घाइते मध्ये सात जनाको अवस्था गम्भिर रहेको छ उनीहरुलाई थप उपचारको लागि बाँकेको कोहलपुर पठाइएको बताइएको छ ।

अन्य घाइतेहरुको भने लमही अस्पतालमै उपचार भइरहेको बताइएको छ । बसको पट्टा भाँचिएर अनियन्त्रित दर्घटना भएको हो । घाइतेसबैको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर