दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु ,९ जना घाइते — OSNepal

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु ,९ जना घाइते

LC (KTM) January 10, 2022 0

दाङ, २६ पुस-दाङमा बस दुर्घटनामा एक जना शिशुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् ।

९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

घाइते हुनेमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका-१६ बस्ने वर्ष ३५ का रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका-६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारत जिल्ला विहार बस्ने वर्ष ४० का सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला सिन्चु नगरपालिका-९ बस्ने वर्ष १७ का दिलबहादुर क्षेत्री रहेका छन् ।

अन्य घाइतेमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १ बस्ने वर्ष ३८ का पुर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका १८ बस्ने वर्ष ३५ की शान्ता वली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत रहेका छन् । बसमा २० जना यात्रु सवार रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर