दाङमा सूर्य र महेन्द्र मोटरसाइकलमा हिड्दै गर्दा समातिए — OSNepal

दाङमा सूर्य र महेन्द्र मोटरसाइकलमा हिड्दै गर्दा समातिए

LC (KTM) November 22, 2021 0

दाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका–५ का ३१ वर्षीय महेन्द्र खड्का रहेका छन् ।

दुवै जना आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

आइतबार राति पक्राउ परेका दुवै जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । चौधरी र खड्कालाई घोराही उपमहानगरपालिका–१६ गरुवा चोकबाट पक्राउ गरिएको हो ।

रा३प २६६ नंको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा उनीहरु बाघको छालासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर