दियालामा आइएसको आक्रमणमा परेर १० जनाको ज्यान गयो — OSNepal

दियालामा आइएसको आक्रमणमा परेर १० जनाको ज्यान गयो

LC (KTM) October 27, 2021 0

बग्दाद १० कात्तिक- इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार सो आक्रमणमा परी अरु १२ जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो ।

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ । त्यसक्रममा गत हप्तामात्र पनि सो दियाला प्रान्तमा यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो । इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर