दीपिका पादुकोण, कृति सेनन, तन्मया लगायतका सुन्दरीहरुले किन गरे क्याट्रिनाका प्रेमी विक्कीको तारिफ ? — OSNepal

दीपिका पादुकोण, कृति सेनन, तन्मया लगायतका सुन्दरीहरुले किन गरे क्याट्रिनाका प्रेमी विक्कीको तारिफ ?

LC (KTM) July 20, 2021 0

बिक्की कौशल बलिउडको सबैभन्दा राम्रो अभिनेतामा एक हुन् । बिक्की फिल्ममा आफ्नो राम्रो अभिनयका लागि त चिनिदै आएका छन् साथमा उनी मज्जाक गर्नमा पनि उत्तिकै माहिर रहेका छन् ।

उनको मज्जाकलाई उनको फ्यानहरुले पनि एकदमै रुचाएका छन् । अहिले बिक्की कौशलले एउटा जवरजस्त भिडियो शेयर गरेका छन् । यो भिडियो देखेर उनका फ्यान मात्र हैन बलिउडका स्टारहरु पनि प्रभावित भएका छन् ।

भिडियोमा बिक्की कौशल सोफी टुक्करको गित पर्पल हैटमा र्याप गर्दै गरेको देख्न सकिन्छ । भिडियोमा बिक्की कौशल लिप सिंक गरिरहेको देख्न सकिन्छ जुन एकदमै राम्रो रहेको छ । उनले पिंक हुडी तथा अफ व्हाइट शर्ट लगाएका छन् ।

बिक्की कौशल भिडियोमा आफ्नो कपाल मिलाउँदै र्याप सुरु गरेको देख्न सकिन्छ । उनको यो र्याप एकदमै जबरजस्त देखिएको छ । यो भिडियो शेयर गर्दै बिक्की कौशलले लेखेका छन्– क्युट लागिरहेको थियो । त्यसपछि म १०० प्रतिशत डिलिट गर्दिन्छु । बिक्की कौशलको यो भिडियोमा दीपिका पादुकोण, ऋतिक रोशन, आयुष्मान खुराना, कृति सेनन, तन्मय भट्ट लगायत बलिउडका कैयौ स्टारहरुले रिएक्शन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर