दीपिका, सलमान, शाहरुख र सोनमले बिना पारिश्रमिक गरे यी फिल्ममा काम, आखिर केका लागि ? — OSNepal

दीपिका, सलमान, शाहरुख र सोनमले बिना पारिश्रमिक गरे यी फिल्ममा काम, आखिर केका लागि ?

LC (KTM) January 04, 2022 0

काठमाडौं, २० पुस । बलिउड सेलिब्रेटीलाई यसकारण स्टार भनिन्छ किनकि उनीहरू फिल्मको चम्किला अनुहार हुन् । उनीहरूकै कारण फिल्म हिट वा फ्लप हुने गर्दछ । हरेक फिल्मका लागि यी कलाकारहरू निर्माताबाट करोडौं पारिश्रमिक लिन्छन् । करिना कपुरदेखि कैटरिना कैफसम्म यस्ता कैयौं सेलिब्रेटी छन्, जसले कुनै फिल्म या गीतका लागि कुनै पारिश्रमिक लिएनन् । अर्थात उनीहरूले निःशुल्क काम गरे ।

अभिनेत्री करिना कपुर खानले एक नभई दुई फिल्मका लागि निःशुल्क काम गरिन् । उनले फिल्म ‘बिल्लू’को गीत ‘मरजानी’ र ‘दबंग २’को गीत ‘फेवीकोल से’का लागि कुनै शुल्क लिइनन् ।

अभिनेत्री कैटरिना कैफले फिल्म ‘अग्निपथ’ मा ‘चिकनी चमेली’मा आइटम नृत्य गरेकी थिइन् । उनले यो गीतमा कुनै पारिश्रमिक लिइनन् । यसको कारण निर्माता करण जोहारसँगको मजबुत सम्बन्ध थियो ।

अभिनेता शाहरुख खानले फिल्म ‘भूतनाथ’मा एउटा सानो भूमिकामा अभिनय गरेका थिए । जुन भूमिकाको उनले पारिश्रमिक लिएनन् । यो फिल्ममा अमिताभ बच्चन र जुही चावलाको पनि अभिनय थियो ।

अभिनेत्री दीपिका पादुकोण सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । उनले डेब्यु फिल्म ‘ओम शान्ति ओम’का लागि कुनै पारिश्रमिक लिएकी थिइनन् । फिल्ममा प्रमुख भूमिकाका लागि उनले निःशुल्क अभिनय गरेकी थिइन् ।

अभिनेता सलमान खानले फिल्म ‘सन अफ सरदार’ र ‘तीस मार खाँ’ जस्ता कैयौं फिल्ममा केमियो गरेका छन् । यी केमियो भूमिकामा उनले कुनै पारिश्रमिक लिएका छैनन् ।

अभिनेत्री सोनम कपुरले फरहान अख्तरको फिल्म ‘भाग मिल्खा भाग’मा अभिनय गरेकी थिइन् । उनले फिल्मबाट पारिश्रमिकबापत मात्र ११ रुपैंयाँ लिएकी थिइन् ।

सोनाक्षी सिन्हा बलिउडकी लोकप्रिय अभिनेत्रीमा पर्छिन् । उनले अक्षय कुमारको फिल्म ‘बोस’मा ‘पार्टी अल नाइट’ गीतका लागि कुनै पारिश्रमिक लिइनन् ।

अभिनेता शाहिद कपुरले फिल्म ‘हैदर’मा कुनै पारिश्रमिक लिएनन् । यो फिल्म कश्मीरको युवामाथि बनेको थियो । उनले यो फिल्मबाट ‘बेस्ट एक्टर फिल्म फेयर अवार्ड’ पाएका थिए ।

अभिनेत्री रानी मुखर्जीले बलिउडमा कैयौं सुपरहिट फिल्म दिइन् । उनले फिल्म ‘कभी खुसी कभी गम’का लागि करण जोहरबाट कुनै पैसा लिइनन् । किनकि करण र रानी मिल्ने साथी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर