दुई लाख भन्दा बढी रकमसहित काठमाडौंबाट पक्राउ परे ११ जुवाडे — OSNepal

दुई लाख भन्दा बढी रकमसहित काठमाडौंबाट पक्राउ परे ११ जुवाडे

LC (KTM) October 17, 2021 0

काठमाडौं ३१ असोज । तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीमा डेरा गरी बस्ने मकवानपुरका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा असल बलसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले विशेष सुचनाको आधारमा तास खेलिरहेको अवस्थामा दुई लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित ११ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर