दुई सांसदको द्वन्द्वले १२२ जनाको रोजगारी खोसियो — OSNepal

दुई सांसदको द्वन्द्वले १२२ जनाको रोजगारी खोसियो

LC (KTM) July 04, 2021 0

काठमाडौं । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुर्खेतको चिगांड गाउँपालिका २ स्थित जीतेजुवा मेला लाग्ने ठाउँमा खेल मैदान निर्माणको लागि २० लाख रुपैयाँ छुट्यायो ।समयमै काम भइदिएको भए अहिलेसम्म खेल मैदान निर्माण सम्पन्न हुन्थ्यो । लक्षित बेरोजगारले रोजगारी पाउँथे । तर, प्रत्यक्ष र समानुपातिक दुई सांसदको विवादका कारण खेल मैदान निर्माण हुन सकेन । लक्षित बेरोजगारहरुले रोजगारी गुमाउन पुगे ।

वडाध्यक्ष बुधे खत्री सांसद खड्कबहादुर खत्री र सीता नेपालीको द्धन्द्धका कारण खेल मैदान निर्माणको कामै सुरु हुन नसकेको बताउँछन् ।पहिलेनै यहाँ खेल मैदान छ, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आएको बजेटले खेल मैदन अझ फराकिलो र व्यवस्थित हुन्थ्यो स्थानीयले काम गरेको आधारमा पैसा पाउँथे उनले भने, एक पक्षले आफू अनुकूल उपभोक्ता समिति गठन गर्न नपाउँदा आएको बजेटले कुनै काम हुन सकेन ।

वडाध्यक्ष खत्रीका अनुसार सो क्षेत्रबाट निर्वाचित सांसद खड्क खत्रीको अनुकुल समिति गठन नहुँदा मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च नभएको हो । खेल मैदान निर्माणका लागि एक सय २२ जनाले रोजगारीका लागि वडा कार्यालयमा निवेदन दिएक थिए । नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर