दूर्लभ रेडपाण्डाको सिंगो शरीर समेतको चार थान छाला रु. ३० लाखमा मोलमोलाई गरिरहेको अवस्थामा बसुन्धाराबाट चार जना पक्राउ — OSNepal

दूर्लभ रेडपाण्डाको सिंगो शरीर समेतको चार थान छाला रु. ३० लाखमा मोलमोलाई गरिरहेको अवस्थामा बसुन्धाराबाट चार जना पक्राउ

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । दुलर्भ वन्यजन्तु रेडपान्डाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा धादिङका निरबहादुर घले, सिन्धुपाल्चोकका सुरेश गिaरी, नुवाकोटका कृष्ण बहादुर तामाङ र ओखलढुंगाका मोहन कर्ण कार्की रहेका छन् ।

उनीहलाई काठमाडौंस्थित बसुन्धरा स्थित द मयुर क्याफेबाट बुधबार महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोली पक्राउ गरेको हो ।

अति दूर्लभ रेडपाण्डाको सिंगो शरीर समेतको चार थान छाला ३० लाखमा मोलमोलाई गरिरहेको अवस्थामा निजहरु पक्राउ परेका हुन् ।

निजहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम आवाश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

रेडपान्डाको छाला चार थान र उनीहरुले प्रयोग गरेको मोबाइल चार थान समेत बरामत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर