देउवा पक्ष र पौडेल पक्षबिच 'ग्याङ फाइट' पाँच जना घाइते प्रदेशसभा (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठ अस्पताल भर्ना — OSNepal

देउवा पक्ष र पौडेल पक्षबिच ‘ग्याङ फाइट’ पाँच जना घाइते प्रदेशसभा (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठ अस्पताल भर्ना

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । रुपन्देहीमा नेपाली कांग्रेसका दुई समुहबिच झडप भएको छ । उक्त झडपमा पाँच जना घाइते भएका छन् । सभापति शेबहादुर देउवा समुहले वरिष्ठ नेता रामचन्द्र पौडेल समुहलाई कुटपटि गर्दा पाँच जना घाइते भएका हुन् ।

शुक्रबार क्षेत्र नम्बर ३ प्रदेश सभा (क) को निर्वाचनको मतगणना भइरहँदा देउवा पक्षले पौडेल पक्षलाई कुटपिट गरेको हो । कुटपिटबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेसकुमार पन्त गम्भीर भएका छन् ।

उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको क्षेत्र नम्बर ३ प्रदेशसभा (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले बताएका छन् । अन्य घाइतेहरुको भने भैरहवामै उपचार भइरहेको उनले बताएका छन् ।

गएराति भएको मतगणनामा श्रेष्ठको समुहले अग्रता लिँदा देउवा समुहले जेनेरेटर बन्द गरेर पौडेल समुहमाथि कुटपिट गरेका हुन् । अहिले त्यस स्थानको मतगणना स्थगित भएको छ ।

तथापी, त्यहीँ डियुटीमा खटिएका प्रहरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले भने यस विषयमा आफुहरुलाई केहि जानकारी नभएको बताएका छन् । आफुहरु रात भरी मतगणना स्थलमा खटिएको भन्दै कुनै किसिमको झगडा नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर