धर्म परिवर्तनबाट मुलुकको पहिचान समाप्त पार्न खोजिएको छ : कमल थापा — OSNepal

धर्म परिवर्तनबाट मुलुकको पहिचान समाप्त पार्न खोजिएको छ : कमल थापा

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीका क।रण मधेशमा बलेकोम आगो निभाउन सफल भएको बताएका छन् ।

एमालेको १० औं महाधिवेशनमा सहभागी भएका अध्यक्ष थापाले उद्घाटन समारोहलाई शुभकामना व्यक्त गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । एमाले मधेशमा देखिएको आन्दोलन र विपप्लवलाई सम्झौता गराउन लगाई ठुलो योगदान दिएको बताएका छन् ।

मुलुकमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव बढ्दै गएको बताएका उनले ओली दृढ अडान र राष्ट्रवादी सोचको नेता भएको ले मुलुकको वर्तमान संकट हटाउनका लागि ओलीले भूमिका निर्वाह गर्नसक्ने उनले दावी गरेका छन् ।

‘ओलीको पछिल्लो सरकारको पालाका कामबाट भने म त्यति सन्तुष्ट छैन । पार्टीभित्रको विवादले जनताको आश्वासन अनुसार काम गर्न सकेको थिएन,’। थापाले भने ।

धर्म परिवर्तनबाट मुलुकको पहिचान समाप्त पार्न खोजिएको आरोप लगाएका उनले मुलुकमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव बढ्दै गएको बताएका छन् ।
वर्तमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर