धाकधम्की देखाई नग्न तस्वीर पठाउन लगाउने २० वर्षीय लव समातिए — OSNepal

धाकधम्की देखाई नग्न तस्वीर पठाउन लगाउने २० वर्षीय लव समातिए

LC (KTM) November 19, 2021 0

काठमाडौं, ३ मंसिर -सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुक मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

खड्गीले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्वीर तथा भिडियो पठाउन लगाइ दु:ख हैरानी दिई सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर