काठमाडौँ । नबिल बैंक र स्टार रेमीट विच रेमीट्यान्स सम्बन्धि संझौता भएको छ । नबिल बैंक र स्टार रेमीट विच दक्षिण कोरीयाबाट नेपालमा रेमीट्यान्स भित्रयाउने सम्बन्धमा संझौता भएको हो । काठमाडौँको हात्तीसार स्थित नेपाल हाउसमा आयोजित एक विशेष समारोहमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टार रेमीटका अध्यक्ष रुद्र शर्मा विच सो सम्बन्धमा संझौता भएको हो ।
संझौता कार्यक्रममा नबिल बैंकका डेपुटी सिइओ सुजीत शाक्य, ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारी, रिटर्नी माइग्रेन्टका उत्तम अधिकारी, नेपाल पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष रंजन राज कुंवर, पुर्व अध्यक्ष रघु त्रिपाठी , योंग स्टार कोरियाका यम श्रेष्ठ लगायतले दुई संस्थाविचको संझौताबाट देशले व्यवसायिक लाभ लिने बताएका छन् ।
स्टार रेमिटका अध्यक्ष रुद्र शर्माको सभापतित्व, अनिल केशरी शाहको प्रमुख आतिथ्यता, खेम कार्कीको संचालन तथा नबिल बैंकका उच्च अधिकारीहरु एवं इशारा रेमीट्सका अधिकारीहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा हस्ताक्षरकर्ताहरु अनिल केशरी शाह र रुद्र शर्माले व्यवसायिक प्रतिबद्धता व्यक्त गरेका थिए । नबिल बैंक, नीजि क्षेत्रमा स्थापित प्रतिष्ठित बैंक हो भने स्टार रेमीट कोरियाबाट पचिसौं देशमा कारोबार गर्ने स्थापित रेमीट कम्पनी हो।