नयाँ दल खोलेको पाँच महिना पछि नेपाल नेतृत्वको नेकपा एस र नेकपा (जनवादी)बीच पार्टी एकीकरण — OSNepal

नयाँ दल खोलेको पाँच महिना पछि नेपाल नेतृत्वको नेकपा एस र नेकपा (जनवादी)बीच पार्टी एकीकरण

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा पार्टी एकिकरण भएको घोषणा गरिएको हो ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी सुर गरेसँगै चुनावको लागि राजनैतिक दलहरु जुट्न थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् ।

अध्यक्ष नेपालले नयाँ दल खोलेको पाँच महिना पछि पाल वामपन्थी पार्टीबीच एकता गरेका हुन् ।

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए ।

आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए ।

एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् ।

केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर