२०२१ को राति सेलिब्रेटीहरूले नयाँ वर्षलाई आफ्नै शैलीमा स्वागत गरेका छन् । सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जाल पोस्टमार्फत आफ्ना फ्यानहरूलाई नयाँ वर्षको शुभकामना दिइरहेका छन् । प्रियंका चोपडा र निक जोनसले पनि आफ्नो सुन्दर तस्विर पोस्ट गर्दै सबैलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।
२०२२ को डेब्यूसँगै देसी गर्ल र निक जोनसको रोमान्टिक तस्विरले आफ्ना फ्यानहरूको लागी एकदमै खुशीको दिन बनाएको छ। निक जोनसले आफ्नो र प्रियंका चोपडाको रोमान्टिक तस्विर इन्स्टाग्राममा सेयर गरेका छन् । फोटोमा प्रियंका र निक दुवैले सेतो कपडा लगाएका छन् ।
प्रियंका चोपडालाई किस गर्दै गर्दा निक जोनसले लेखेका छन्– माइ फरेभर न्यु इयर किस । यसरी निक जोनसले प्रियंका चोपडालाई मायालु चुम्बन दिएर स्वागत गरेका थिए ।निक जोनसले आफ्नी लेडी लवलाई माया गरेको यो पहिलो पटक भने होइन ।
यसअघि उनले क्रिसमसको अवसरमा प्रियंका चोपडासँगको रोमान्टिक तस्बिर सेयर गरेका थिए ।एउटा सुन्दर तस्विरमा प्रियंका चोपडा निक जोनसको काखमा बसेको देखिएकी थिइन् भने निक जोनसलाई चुम्बन गरिरहेको देखिएको थियो ।