नाइजेरियामा लुटेराको आक्रमणमा २०० गाउँलेको मृत्यु, सेनाले गर्यो सामुहिक दाहसंस्कार — OSNepal

नाइजेरियामा लुटेराको आक्रमणमा २०० गाउँलेको मृत्यु, सेनाले गर्यो सामुहिक दाहसंस्कार

LC (KTM) January 09, 2022 0

कानो, २५ पुस- नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ ।

‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए ।

मोटरसाइक चढेर आएका झन्डै ३०० आक्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ । उनीहरुले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए ।

यसैबीच, लुटपाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ ।जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको हत्या गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर