नागासँग अलग भएपछि पहिलो पटक अल्लू अर्जुन अभिनित फिल्ममा आइटम डान्स गर्दै सामन्था — OSNepal

नागासँग अलग भएपछि पहिलो पटक अल्लू अर्जुन अभिनित फिल्ममा आइटम डान्स गर्दै सामन्था

LC (KTM) November 21, 2021 0

एजेन्सी-नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुको ४ वर्ष लामो बैबाहिक सम्बन्ध टुटेपछि फ्यानहरु निराश बने तर सम्बन्ध टुट्नुमा नागाको रुढीबादी सोच हाबी रहेको बताइएको छ । सामन्था निकट स्रोतका अनुसार नागा रुढीवादी व्यक्ति भएकाले सामन्थामाथि उनले कैयौं प्रतिबन्ध लगाएका थिए ।

जुन कुराले सामान्थाको जीबनमा ढुलो असर गरेपछि सामान्थाले अलग हुने निर्णय लिएको बताइएको छ । सामन्थालाई अन्य फिल्ममा अभिनयका लागि पनि नागासँग अनुमति लिनुपर्ने नियम रहेको सामन्थाको स्रोतले उल्लेख गरेको छ । सम्बन्धविच्छेदपछि सामन्थाले अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा’मा आइटम गीतमा नाँच्ने निर्णय लिएकी छन् ।

फिल्ममा आइटम नृत्य गर्ने निर्णय सामन्थाले नागासँग अलग्गिएपछि लिएकी हुन् । सम्बन्ध विच्छेद अघि नागाकै कारण सामन्थाले विवाहपछि कुनै पनि फिल्ममा आइटम नृत्य नगरेको बताइन्छ । उनीहरुले यसै वर्षको अक्टोबर २ मा सम्बन्धविच्छेद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर