नागिन ३ का कलाकार पर्ल वी पुरी नाबालिगलाई रेप गरेको आरोपमा प क्राउ, कारमा राखेर पटक पटक रेप गरेको पीडितको आरोप — OSNepal

नागिन ३ का कलाकार पर्ल वी पुरी नाबालिगलाई रेप गरेको आरोपमा प क्राउ, कारमा राखेर पटक पटक रेप गरेको पीडितको आरोप

LC (KTM) June 05, 2021 0

भारतीय टेलिभिजन एक्टर तथा नागिन ३ का कलाकार पर्ल वी पुरी नाबालिगलाई रेप गरेको आरोपमा पक्राउ परेका छन् । मुम्बईको वालिव प्रहरीले पुरी बिरुद्ध रेपको आरोपमा केश दर्ता गरेको छ । उनलाई हिजो प्रहरीले पक्राउ गरेको छ ।

यस बिषयमा पिडीत नाबालिग केटीले प्रहरीलाई बयान दिएकी छिन् । पिडीतका अनुसार उनी संग पहिलो पटक कारमा रेप भएको र पटक पटक आफु रेपमा परेको बयान दिएकी छिन् ।

पर्ललाई नाबालिग केटीलाई रेप गरेको आरोपमा पिओसीएसओ एक्ट अन्र्तगत पक्राउ गरिएको हो । उनलाई अहिले वालिव प्रहरीले आफ्नो कस्टडीमा राखेको छ । उनी संग सोधपुछ चलिरहेको छ ।

करिश्मा तन्ना संग रिलेसनसिपमा थिए पर्ल

पर्ल आफ्नो रिलेसनसिपलाई लिएर चर्चामा आईरहन्छन् । केही समय अघि उनको करिश्मा तन्ना संग रिलेशनको चर्चा चुलिएको थियो । दुई जनानै केही बर्ष संगै थिए तर पछि आफ्नो रोमान्टिक रिलेशनसिप तोडिदिएका थिए ।

रिलेसनसिप तोडिए पनि हाल दुई जना बीच राम्रो दोस्ति रहेको बताइएको छ । पर्लले नागिन ३, दिलकी नजर से खुबसुरत, फिर भी ना माने बदतमीज दिल, मेरी सासु माँ, ब्रम्हराक्षस २ लगायतमा आफ्नो अभिनय पस्किसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर