नायक अभिषेक बच्चन भन्छन् - बैबाहिक सम्बन्ध राम्रो बनाउन हरेक रात ऐश्वर्या संग माफी माग्थे — OSNepal

नायक अभिषेक बच्चन भन्छन् – बैबाहिक सम्बन्ध राम्रो बनाउन हरेक रात ऐश्वर्या संग माफी माग्थे

LC (KTM) November 19, 2021 0

बलिउडमा निक्कै राम्रो र पर्फेक्ट जोडी मध्ये एक जोडी हो ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको जोडी । यी जोडीलाई आम दर्शकले रुचाएका छन् । बलिउडमा दाम्पत्य जिवन खटपट हुने क्रम सामान्य जस्तै भए पनि यो जोडी बीचको सम्बन्ध भने एकदमै राम्रो र उत्कृष्ट रहदै आएको छ ।

बाहिर हेर्दा मिलेको यो जोडीको खटपट भने हुने गरेको स्यंम अभिषेक बच्चन आफैंले एउटा अन्तरवार्तामा खुलासा गरेका छन्। केही वर्ष अघि एक भारतीय संचारमाध्यममा दुबै जना ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन उपस्थित भएका थिए । सोही अन्र्तबार्तामा अभिषेकले पती पत्नी बीचको राज खुलाएका हुन् । अभिषेकले मात्र हैन ऐश्वर्याले पनि यो कुरा स्विकार गरेकी थिईन् ।

बाहिर हेर्दा शालिन जोडी देखिएता पनि अरुको जोडी जस्तै आफुहरुको पनि बहस र झगडा हुने गरेको दुबैजनाले स्वीकार गरेका हुन् । ऐश्वर्याले अभिषेक संग आफ्नो सामान्य कुरामा पनि कहिले काँहि भनाभन हुने बताईन् । उनले भनिन् – हामीहरु बीच हुने यो असहमती मात्र हो झगडा हैन । तर कहिले काँहि सामान्य ठाक ठुक परेन भने जिन्दगीको मज्जा नै कहाँ हुन्छ र ? उ

नको यहि प्रसंगमा सहि थप्दै अभिषेकले पनि आफुहरुको बैबाहिक जिवन लाई सही तरिकाले चलाउन दुबै जनाबीच एउटा कुरामा सहमती भएको बताए । अभिषेक भन्छन् – हामीले झगडा गरेर कहिले पनि नसुत्ने निर्णय गर्यौं । त्यसैले म हरेक दिन सुत्नुभन्दा अघि हरेक गल्तीका लागि माफी माग्ने गर्दथेँ ।’ सामान्यतया महिलाहरुले कहिल्यै माफी नमाग्ने ब्यंग गर्दै उनले हरेक रात आफैले माफी माग्ने गरेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर