नायक गोबिन्दाको नाम लिएर यस्तो चल्दै रहेछ ठगी धन्दा , गोबिन्दाले खोले यसरी रहस्य — OSNepal

नायक गोबिन्दाको नाम लिएर यस्तो चल्दै रहेछ ठगी धन्दा , गोबिन्दाले खोले यसरी रहस्य

LC (KTM) November 21, 2021 0

बलिउड अभिनेता गोबिन्दा फिल्म उद्योगमा अब भलै कम देखिए पनि उनको स्टारडमको जादु आज पनि कायमै रहेको छ । आज पनि उनको कमेडीमा धेरै ब्यक्ति हाँस्ने गरेका छन् । साथै उनको डान्स स्टेप्स फलो गर्ने कोशिश गर्ने गर्छन् । उनलाई जहाँ भेट्छन् जहाँ देख्छन् त्यहाँ फोटो खिचाउनेको र अटोग्राफ लिनेको भिड लाग्ने गरेको छ ।

गोबिन्दा कुनै इभेन्टमा गए भने त्यहाँ उनको एक झलक देख्नका लागि मान्छेहरु तड्पिने गरेका छन् । तर कहिले काही यस्ता पनि इभेन्टहरु हुने गरेका छन् जहाँ नाम चलेका स्टारहरुको नाम लिएर धोखा दिने गरेका छन् । गोबिन्दाको पनि यस्तै भएको छ । तर उनले आफ्नो नाम लिएर ठगेको थाहा पाएपछि भण्डाफोर गरेका छन् । गोबिन्दाले आफ्नो इन्ष्टाग्रामको स्टोरीमा एक पोष्ट शेयर गरेका छन् ।

पोस्टर बिजनेस आयोजन अवार्डको रहेको छ । यसमा लेखिएको छ– गोबिन्दा संग भेट्ने सुनौलो मौका । भेट्नुहोस् तथा साथमा खाना समेत खानुहोस् । गोबिन्दाले आफ्नो फ्यानहरुलाई सचेत गराउँदै उनले पोस्टर शेयर गरेर त्यसमा लेखेका छन्– फेक न्युज । यस इभेन्टको कुरा गर्नुपर्दा लखनउमा २० डिसेम्बरमा हुन लागिरहेको थियो । यसमा टिकट बुकिंगको डिटेल्स पनि दिइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर